२०८३ कात्तिक २२ , शनिबार
Sky News Nepal
November 7, 2026

पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु



कोहलपुर । बाँकेको कोहलपुरमा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ।

कोहलपुर १२–सुन्दरबस्तिका १६ वर्षिय विशाल परियारको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए ।

अत्यधिक गर्मी बढेपछि केही दिनदेखि विद्यालय बन्द छन् । विद्यालय बन्द भएसँगै गर्मी छल्न घर नजिकैको डढुवा खोलामा साथीहरूसँग पौडी खेल्न गएका विकको पानीमा डुबेर मृत्यु भएको हो ।

पौडी खेल्ने क्रममा डुबेका किशोरलाई स्थानीय र प्रहरीहरू मिलेर खोजिकार्य गरेपछि विकको शव फेला परेको निरीक्षक भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ जेठ २१ गते सोमबार
Translate »