दैलेख पेट्रोलियम अन्वेषण : २१८ मिटर ड्रिलिङ सकियो

दैलेख । दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन् तथा अन्वेषण कार्य तीव्र पारिएको छ ।

उत्खनन्का क्रममा हालसम्म २१८ मिटर ड्रिलिङ भएको परियोजनाले जनाएको छ । अहिले उत्खनन् क्षेत्रमा दर्जनौं कामदार र प्राविधिक खटिएका छन् ।

ड्रिलिङ चार हजार पाँच सय मिटिरसम्म गरिने खानी तथा भूर्गभ विभाग अन्तर्गतको पेट्रालियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुईटेलले बताए ।

उनले अन्वेषण क्षेत्रमा कामदार अहोरात्र खटिरहेको र आलोपालो प्रणाली लागु गरिएको जानकारी दिए । आगामी चार महिना भित्र उत्खनन् पुरा गर्ने लक्ष्यका साथ काम भईरहेको उनले बताए ।

चीन सरकारसँग २०७५ सालमा भएको सम्झौता अनुसार दुई अर्ब ५० करोड अनुदानमा अन्वेषण थालिएको हो ।

Translate »