क्रिकेट जर्सी लगाएर संसद् पुगे रास्वपाका सांसद

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद्‍हरू प्रतिनिधि सभाको बैठकमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर सहभागी भएका छन् ।

आजको बैठकमा सांसदहरू टी-२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली टीमको समर्थनमा जर्सी लगाएर बैठकमा सहभागी भएका हुन् ।

बैठक प्रवेश गर्नुअघि उनीहरूले सामूहिक फोटो खिचाएका थिए ।

१० वर्षपछि टी-२० विश्वकप खेल्न लागेको नेपालको पहिलो खेल नेदरल्यण्डससँग छ । समूह ‘डी’को पहिलो खेल नेपाली समय अनुसार राति सवा ९ बजेबाट सुरु हुनेछ ।

Translate »