सुर्खेतको जन नमूना माविका श्रेष्ठ ‘उत्कृष्ट प्रधानाध्यापक अवार्ड’ बाट सम्मानित

काठमाडौं । गुणस्तरीय शिक्षाका लागि  देशकै चर्चित सुर्खेतस्थित जन नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक यामबहादुर श्रेष्ठ ‘उत्कृष्ट प्रधानाध्यापक अवार्ड’ बाट सम्मानित भएका छन् ।

प्रिन्सिपल एशोसिएशन अफ नेपाल (पान) ले आफ्नो केन्द्रिय सम्मेलन–२०८१ को अवसर पारेर प्रअ श्रेष्ठलाई शनिबार काठमाडौंमा एक कार्यक्रमका वीच ‘उत्कृष्ट प्रधानाध्यापक अवार्ड’ बाट सम्मानित गरेको हो ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पु¥याए वापत पानले श्रेष्ठलाई ‘उत्कृष्ट प्रधानाध्यापक अवार्ड’ सहित नगद दश हजार राशी समेत प्रदान गरेको छ ।

‘शिक्षकको सम्मान, विद्यार्थीको विश्वास’, ‘विद्यालयको सम्मान, समुदायको इज्जत’ भन्ने नारासहित पानले सामुदायिक विद्यालयको गुणस्तर सुधारमा उल्लेखनिय भूमिका खेल्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने नीति अवलम्वन गरेको छ ।

पानले नेतृत्व दक्षता, असल अभ्यास, विद्यालय वातावरण, गुणस्तरीय विकास, समुदाय सहयोग परिचालन, सुशासन र सूचना प्रविधि दक्षताका आधारमा देशैभरका उत्कृष्ट पालिका, उत्कृष्ट विद्यालय र उत्कृष्ट प्रअको चयन गरेर सम्मान गरेको हो ।

सम्मानित हुनेमा कर्णालीबाट उत्कृष्ट पालिकातर्फ चौरजहारी नगरपालिका रुकुम पश्चिम, उत्कृष्ट विद्यालयतर्फ चन्दननाथ नमूना माध्यमिक विद्यालय खलंगा जुम्ला र उत्कृष्ट प्रधानाध्यापकतर्फ यामबहादुर श्रेष्ठ जन नमूना माध्यमिक विद्यालय वीरेन्द्रनगर सुर्खेतलाई सम्मान गरिएको पानले जनाएको छ ।

पानका अनुसार कोशी प्रदेशबाट उत्कृष्ट पालिकातर्फ सूर्योदय नगरपालिका ईलाम, उत्कृष्ट विद्यालयतर्फ सुकुना मावि सुन्दर हरैचा मोरङ, उत्कृष्ट प्रअमा कुवेरप्रसाद भेटवाल श्री मनकामना रत्न अम्विका मावि संखुवासभा रहेका छन् ।

मधेस प्रदेशबाट उत्कृष्ट पालिकातर्फ कोहलवी नपा बारा, उत्कृष्ट विद्यालय जनता मावि गौरीडाँडा बद्रीबास र उत्कृष्ट प्रअमा विनोद मेहता शारदा मावि सुगौली पर्सा रहेका छन् ।

यस्तै वागमती प्रदेशबाट उत्कृष्ट पालिकातर्फ काठमाडौं महानगरपालिका, उत्कृष्ट विद्यालयतर्फ नारायणी मावि चितवन र उत्कृष्ट प्रअमा प्रदीप पराजुली जनक मावि काभ्रेपलाञ्चोक रहेका छन् । त्यस्तै गण्डकी प्रदेशबाट उत्कृष्ट पालिकातर्फ मध्यविन्दु नपा नवलपरासी पूर्व, उत्कृष्ट विद्यालयतर्फ विन्ध्यवासिनी मावि बाटुलेचौर कास्की, उत्कृष्ट प्रअमा लेकबहादुर हमाल प्रकाश मावि बेनी कास्की रहेका छन् ।

यस्तै लुम्बिनी प्रदेशबाट उत्कृष्ट पालिकातर्फ ठाकुर बाबा नगरपालिका बर्दिया, उत्कृष्ट विद्यालयतर्फ कालिका मानवज्ञान मावि रुपन्देही र उत्कृष्ट प्रअमा भागवत पौडेल सेन्टर मावि तुल्सीपुर दाङ रहेका छन् ।

त्यस्तै सुदूरपश्चिम प्रदेशबाट उत्कृष्ट पालिकातर्फ धनगढी उपमहानगरपालिका कैलाली, उत्कृष्ट विद्यालयतर्फ महेन्द्र नमूना मावि दार्चुला र उत्कृष्ट प्रअमा शुभराज उपाध्याय मालिका नमूना मावि बाजुरालाई सम्मान गरिएको हो ।

यता शैक्षिक क्षेत्रका उज्वल नक्षत्र एवम् देशकै आस्थाको केन्द्रविन्दु रहेको जन नमूना माविका प्रअ श्रेष्ठलाई पानले ‘उत्कृष्ट प्रधानाध्यापक अवार्ड’ बाट सम्मानित भएकोमा विद्यालय परिवार गौरवान्वित महसुस गरेको जन नमूना माविका सूचना अधिकारी मदन ढकालले बताए ।

उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमाथि उकास्न हरेक पक्षबाट अग्रणी भूमिका खेल्दै आएका प्रअ श्रेष्ठ ‘उत्कृष्ट प्रधानाध्यापक अवार्ड’ बाट सम्मानित भएकोमा हार्दिक बधाईसँगै शुभकामना व्यक्त गरे ।

Translate »