कम्युनिस्टहरुले नै अध्यादेश ल्याएर हाम्रो पार्टीलाई सिध्याउन खोजे : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट भन्ने हरुले नै कम्युनिस्टलाई सिध्याउन खोजेको बताएका छन् ।

पार्टीले आयोजना गरेको समाजवादी कार्यदिशाबारे प्रवचन कार्यक्रममा अध्यक्ष नेपालले जसपा विभाजन पछि आफ्नो पार्टीलाई स्वतन्त्र हैसियतमा पु¥याउन अध्यादेश ल्याउने प्रयास भएको बताएका हुन् ।

‘यहाँ कम्युनिष्ट हौँ भन्ने हरु नै कम्युनिष्टको विरोधि भएका छन् । कम्युनिष्ट सिध्याउन लागिरहेका छन् । कम्युनिस्ट पार्टीलाई सिध्याउन कम्युनिस्टहरु नै कसरी लागे भन्ने कुरा हामीले बुझ्नुपर्छ । एउटा अध्यादेश ल्याएर हामीलाई स्वतन्त्र पार्टीको हैसियतमा पुर्‍याएर यो पार्टीका मान्छेलाई जहाँ पनि जान दिने ? जसपापछि दोस्रो तारो हामी बनेका हौं । यो यथार्थ बुझेनौं भने कम्युनिस्ट पार्टीलाई कसरी सिध्याउन खोजियो भन्ने बुझिन्न,’ अध्यक्ष नेपालले भने ।

जसपा विभाजनपछि सरकारले सदनमा दर्ता भएको राजनीतिक दल सम्बन्धि विधेयक फिर्ता लिएसँगै सदन स्थगित गरेर अध्यादेश ल्याउँन खोजिएको भनि राजनीतिक वृतमा चर्चा चलेको थियो ।

Translate »