नेपाल बंगलादेशसँग २१ रनले पराजित


काठमाडौं । आइसिसी टी-२० विश्वकपमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ ।

वेष्ट इन्डिजमा भएको खेलमा १०७ रनको चुनौति पाएको नेपालले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर जम्मा ८५ रन मात्र जोड्न सक्यो ।
यो जितसँगै बंगलादेश सुपर आठमा पुगेको छ ।

