२०८३ कात्तिक २२ , शनिबार
Sky News Nepal
November 7, 2026

कर्णाली प्रदेशमा सडक निर्माणका लागि बजेट नछुट्याए संसद भवन घेराउ गर्ने सांसद थानीको चेतावनी



काठमाडौं  ।   नेपाली का‌ंग्रेसका सांसद हृदयराम थानीले कर्णाली प्रदेशमा सडक निर्माणका लागि बजेट नछुट्याए संसद भवन घेराउ गर्ने चेतावनी दिएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद थानीले सरकारले कर्णाली प्रदेशका विभिन्न सडकहरू स्तरोन्नतिका लागि बजेट नछुट्याएको भन्दै आपत्ति जनाएका हुन्।

उनले कर्णाली प्रदेशका राजमार्गहरू मृत्यु राजमार्ग बनेको बताउँदै उनले सरकारले यसैगरी कर्णाली प्रदेशलाई उपेक्षा गरेमा कर्णाली प्रदेशका सांसदहरुले संसद भवन घेराउ गर्ने चेतावनी दिए।

‘गाडी धकेल्दै कहिलेसम्म हामी हिँडिरहने होरु समानुपातिक विकास भनेको यही होरु अहिलेको सरकारले समानुपातिक दिन्छु भनेको कुरा यही कर्णालीलाई मृत्युराजमार्ग वहन गर्न दिएको होरु त्यसैले म भन्न चाहन्छु,’ उनले भने, ‘यदि यही तरिकाले सरकारले गर्‍यो भने कर्णालीका प्रदेशका सांसदहरूले संसद घेराउ गर्नुपर्ने छ। मन्त्रालय घेराउ गर्नुपर्ने छ। यदि सचेत भएर यी बाटाहरूमा बजेट छुट्याइएन भने हामी जुनसुकै मूल्य चुकाउन पनि तयार छौँ भन्ने कुुरा म सरकारलाई भन्न चाहन्छु।’

सांसद थानीले कर्णाली प्रदेशमा गाडीले मान्छे नबोकी मान्छेले गाडी बोकेर हिँड्नुपर्ने अवस्था रहेको बताए।

प्रकाशित मिति : २०८१ असार ५ गते मंगलबार
Translate »