२०८३ असोज ७ , बुधबार
Sky News Nepal
September 23, 2026

अछाम छाउगोठ घटना : सामूहिक बलात्कारको आशंका, १४ घण्टापछि किशोरी होसमा



अछाम । छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छिन् । छाउगोठमा बलात्कृत भएकी किशोरीलाई घटनाको १४ घण्टापछि मात्र होसमा आएको खुलेको छ । १६ वर्षकी ती किशोरी मंगलबार बिहान २ बजेतिर बलात्कृत भएको खुलेको प्रहरी बताउँछ।

पञ्चदेवल विनायक नगरपालिकामा मामाघरमा बस्दै आएकी १६ वर्षीया किशोरी मामाघरको नजिक रहेको छाउगोठमा मङ्गलवार बिहान अचेत अवस्थामा भेटिएकी हुन । उनी ११ वर्षदेखि मामाघरमै बस्दै आएकी थिइन ।

उनलाई अचेत अवस्थामा देखेपछि मङ्गलवार बिहान स्थानीय एक जना किशोरीले प्रहरीलाई खबर गरेकी थिइन । स्थानीय किशोरीले जानकारी दिए लगत्तै र्इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउने लगायतले उनको उद्दार गरेर जिल्ला अस्पताल मंगलसेन पठाएको थियो । अछाम जिल्ला अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणमा उनी बलात्कृत भएको पुष्टि भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) सन्तोष पाठकका अनुसार बालिकाको उद्दार गरेर जिल्ला अस्पताल मंगलसेन पु¥याएपछि दिउँसो ४ बजेमात्रै होस खुलेको थियो ।

होस खुलेपछि बालिकाले आफू बलत्कारमा परेको बताएकी थिइन् । बालिकाको बयानका आधारमा १७ वर्षीय एक किशोर पक्राउ परेका छन् । पक्राउ परेका किशोर ती बालिकाका मामा नाता पर्ने व्यक्ति रहेको खुलेको छ ।

डिएसपी पाठकका अनुसार बालिकामाथि सामूहिक बलात्कार भएको आशंका पनि छ । प्रहरीले त्यस विषयमा अनुसन्धान गरिरहेको छ । अभियुक्तले बलात्कार गर्ने बेला बाहिर अरु पनि बोलेको आवाज सुनेको बताएकी छन्।

‘अभियुक्तले मुख थुनेर जबरजस्ती ग¥यो, त्यो बेला बाहिर अरु मान्छे पनि बोलेको आवाज सुनेको पीडितले भनेकी छन् । त्यसपछि आफू बेहोस भइसकेकाले के–के भयो थाहा नपाएको भनेकी छन्,’ डिएसपी पाठकले भने, ‘यसैले सामूहिक घटना पनि भएको हुनसक्ने देखिन्छ । यो विषयमा पनि अनुसन्धान थालेका छौं ।’

राति २ बजे छाउगोठमा एक्लै सुतेका बेला बालिका बलात्कृत भएकी हुन् । पीडित बालिका र ती अभियुक्त किशोर एउटै कक्षा ९ मा पढ्ने गरेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेका अछाम प्रहरी प्रमुख सन्तोष पाठकले बताए ।

मङ्गलवार बिहान उनको उद्दा।मा गएकी नगरप्रमुख अम्बिका चलाउनेको टोलीले छाउगोठ भत्काएको छ । उनलाई अचेत अवस्थासम्म गोठमै राखिएको भन्दै नगरप्रमुख चलाउनेले गोठ भत्काएकी हुन ।

प्रकाशित मिति : २०८१ असार ६ गते बुधबार
Translate »