२०८३ कात्तिक २२ , शनिबार
Sky News Nepal
November 7, 2026

दैनिक योगाभ्यास गर्न गृहमन्त्रीको आग्रह



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले तनाव व्यवस्थापन र निर्णय क्षमता अभिवृद्धि गर्न दैनिक योगाभ्यास गर्न आग्रह गरेका छन् ।

दसौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय (नक्साल) मा आयोजित योग विज्ञान शिविरमा मन्त्री लामिछानेले योगबाट शरीरका विकार निकाल्न सकिएजस्तै प्रहरीले देशका विकार निकाल्न सक्नुपर्नेमा जोड दिए ।

उनले योगको बेलामा झैं आफ्नो जिम्मेवारीमा ध्यानमग्न भए प्रहरीबाट कहिल्यै गैर–व्यावसायिक क्रियाकलाप नहुने विश्वास व्यक्त गरे ।

शान्ति–सुरक्षा कायम, सुशासन अभिवृद्धि र सेवा प्रवाहमा सुधार ल्याउन प्रहरीले भूमिका बढाउनुपर्ने र त्यसका लागि योगमार्फत तनाव व्यवस्थापन आवश्यक रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २०८१ असार ६ गते बुधबार
Translate »