१०औं अन्तर्राष्ट्रिय योग दिवस सुर्खेतमा भव्यताका साथ मनाइयो
वीरेन्द्रनगर । सुर्खेतमा १० औं अन्तर्राष्ट्रिय योग दिवस भव्यताका साथ मनाइएको छ । सप्ताह व्यापी स्वास्थ्य तथा निरोगिता सम्बन्धि विभिन्न कार्यक्रमको आयोजना गरी १०औं अन्तर्राष्ट्रिय योग दिवस मनाईएको हो ।
संयुक्त राष्ट्रसंघको महासभाबाट पारित प्रस्तावअनुसार २१ जुनलाई विश्व योग दिवस मनाउन नेपाल सरकारले पनि २६ जेठ २०७३ मा निर्णय गरेको थियो । सोहीअनुसार कर्णाली प्रदेश सरकारले प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रको संयोजनमा पतञ्जली योग समिति नेपाल सु्र्खेतलगयातले प्रत्येक वर्ष २१ जुनमा विश्व योग दिवस मनाउँदै आएका छन ।
‘योगा फर सेल्फ एन्ड सोसाइटी’ भन्ने मूल नाराका साथ दशौं विश्व योग दिवस सुर्खेतमा भव्यताका साथ मनाईएको पतञ्जली योग समिति सुर्खेतका अध्यक्ष शेरबहादुर खड्काले बताए । उनले ‘आफू र समाजका लागि योग’ भन्ने नाराका साथ दशौं अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर पत्रकारदेखि विभिन्न प्रतियोगिताका उत्कृष्ट प्रतियोगीहरुलाई सम्मान गरिएको जनाए ।
योग एउटा समग्र अभ्यास हो जसमा शारीरिक आसन, प्राणायाम (श्वास अभ्यास), ध्यान र नैतिक सिद्धान्त (यम र नियम) समावेश रहेको हुन्छ । यो मन, शरीर र आत्माबीच तादम्यता एवं सद्भावको भावलाई विकसित एवं त्वरित गर्ने प्रतीक पनि हो ।
यसले हामीलाई वर्तमानमा केन्द्रित हुँदै तनाव एवं नकारात्मकताबाट बच्न सिकाउँदछ । साथै हामीलाई आफ्नो जीवनमा शान्ति र सद्भाव खोज्नमा सघाउँने गरेको प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रका निर्देशक डाक्टर शंकरप्रसाद रिजालले बताए ।