२०८३ कात्तिक २२ , शनिबार
Sky News Nepal
November 7, 2026

नेपाल आइडल विजेता परियारलाई प्रधानमन्त्रीद्वारा बधाई



काठमाडौं । नेपाल आइडल विजेता करण परियारलाई बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाई दिएका छन् । उक्त अवसरमा उनले विजेता परियारलाई गितार उपहार दिएका थिए ।

बधाई ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुखदुखमा आफू साथमै रहेको बताए ।

सो अवसरमा प्रधानमन्त्रीले बधाई दिँदै विजेता परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २०८१ असार १३ गते बुधबार
Translate »