मकै गोड्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु, तीन जना घाइते

मुसिकोट । रुकुम पश्चिममा आज बिहान करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ ।

मुसिकोट नगरपालिका –८, घोरखानीकी ६७ वर्षीया झुपादेवी रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

जिप्रका रुकुमपश्चिमका प्रहरी नायव उपरीक्षक नवराज पोखरेलका अनुसार मकै गोड्ने क्रममा करेन्ट लागेर रोकाको घटनास्थलमै मृत्यु भएको हो ।

सोही क्रममा करेन्ट लागेर अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा सोही वडाका ६० वर्षीया सुकी ओली, ६० वर्षीया शुसिला ओली र ३२ वर्षीया जमुना बुढा ओली रहेको प्रहरीले जनाएको छ ।

घाइते तीनै जनालाई उपचारका लागि स्वास्थ्य सेवा कार्यालय सल्लेमा ल्याइएको प्रहरीको भनाइ छ ।

Translate »