यती एयरलाइन्सको विमान दुर्घटनाअघिको पाइलट र को–पाइलटको संवाद सार्वजनिक ! के भएको थियो कुराकानी ?

काठमाडौं । कास्कीको पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको डेढ वर्षपछि दुर्घटनाअघिको ककपिट भ्वाइस रेकडर्स (सीभीआर) सार्वजनिक भएको छ ।

‘ग्राउण्ड जिरो’ युट्युब च्यानलले गत आइतवार अपलोड गरेको भिडियोमा सीभीआरमा रेकर्ड भएको अडियोमा विमान दुर्घटनाअघिको ५ मिनेटको संवाद रहेको दाबी गरिएको छ ।

२०७९ माघ १ गते यती एयरलाइन्सको एटीआर ७२ नाइनएन–एनएनसी जहाजमा दुर्घटनामा परी ७२ जनाको निधन भएको थियो । उक्त जहाज पाइलट कमल केसी र को–पाइलट अञ्जु खतिवडाले उडाएका थिए ।

सीभीआरको अडियोमा पाइलट केसीले कोपाइलट खतिवडालाई विमान अवतरणअघि प्रशिक्षण दिइरहेको सुन्न सकिन्छ ।

विमान दुर्घटनापछि सरकारले गठन गरेको जाँचबुझ आयोगको प्रतिवेदनमा जहाज दुर्घटनाको कारण चालक दलको कमजोरी रहेको निष्कर्ष निकालिएको थियो ।

उक्त प्रतिवेदनमा चालकको त्रुटि दुर्घटनाको ‘मुख्य सम्भावित कारण’ हुनसक्ने उल्लेख छ । विमान उडाइरहेका पाइलटले दुवै कन्डिसन लिभरहरू तानेपछि जहाज ‘फेदर पोजिसन’मा गएको र अगाडि बढ्न नसकेकाले खसेर दुर्घटना भएको हुन सक्ने प्रतिवेदनमा उल्लेख छ । तर, पाइलट र को–पाइलटबीचको कुराकानीमा मौसममा कुनै समस्या नभएको सुन्न सकिन्छ ।

दुर्घटनाअघि पाइलट केसी र कोपाइलट खतिवडाबीच भएको कुराकानी

पाइलट : अहिले हामी वान जिरो डेभिड सिक्स फाइभ । अहिले फाइभ थ्री भएपनि टेरेन (डाँडा) आउँदैन रछ । हामी सिक्स फाइभ धेरै माथि पो रहेछौं त पहिला । अब हेयरिङ मोड तिर जाऔं अलिक राइट तिर बस यसले ठिक लादैन राइट हेरियङ थीवानजिरो हेयरिङ ।

कोपाइलट : हजुर ।

पाइलट : वानवानफाइभ छ । त्यहाँ त्यसमा चाँही बल्ल सेटल हुन्छ रनवे वानटु जिरो चाँही वानवानफाइभमा सेटल हुन्छ ।

कोपाइलट : ए…ए…

पाइलट : झर्दै जाउँ फोरवानसम्म झरे हुन्छ । अनि पहिला पुरानो पासमा पार है सानो ठाउँमा ।

कोपाइलट : ए… हुन्छ हुन्छ ।

पाइलट : तिमी जेट स्ट्रिममा हुँदा त गरेको हो त सबै ।

कोपाइलट : हो हो…गरेको हो ।

पाइलट : त्यो पासमा थ्री थाउजेण्ड फाइभ हन्ड्रेज जति झर्ने फ्लाप्ससहित लिएर है । ऊ त्याँ रनवे भिजुवल छ । अझै राइटमा बस राइट ह्या्ड डाउन, ए लेफ्ट ह्याण्ड डाउन ।

पाइलट : पुरानो एयरपोर्टमा बेस बनाउ है ।

कोपाइलट : बेस बनाउनु परो ?

पाइलट : हजुर, टु टुलाई बेस बनाएर भीओआर हेर ।

कोपाइलट : अँ । भिजुअल…

पाइलट : त्यसपछि कन्टिन्यु टर्नको टर्न नै गर है ।

पाइलट : फोर फाइभ, १७० स्पिड ठिकै छ ।

कोपाइलट : हजुर ।

पाइलट : अ ठ्याक्क त्यो डाँडामा ।

कोपाइलट : ओके ।

पाइलट : धेरै जनालाई गराइसकेँ । कम्फर्टेबल नै छ त्यस्तो अनकम्फर्टेबल छैन । बिहान मात्र हो अर्लि मर्निङमा चाहिँ डाइरेक्ट आँखामा घाम आउँछ अनि मिस्ट (तुँवालो) हुन्छ । त्यतिले मात्र हो ।

कोपाइलट : अब यो ५ माइल्सबाट चाहिँ झर्ने । होइन त अब ?

पाइलट : ओके । डाउन टू थ्री थाउजेन्ड । फाइनलमा चाहिँ थ्री थाउजेन्डमा ठिक्क हुन्छ ।

(टावरसँग पाइलटले विमान अवतरणका लागि सम्पर्क गर्छन्)

पाइलट : पोखरा एति एयरलाइन्स सिक्सनाइनवान । ड्राइभिङ लेफ्ट एन्ड डाउन फर रन वे वानटु ।

(ल्यान्डिङ गर्न अनुमतिप्राप्त भएको अस्पष्ट कुराकानी)

पाइलट : त्यो दुईवटा डाँडाको बीचमा ल्याउँ है । थ्री फाइभ मात्र र धेरै तल पनि नजाउ । धेरै टेरेन आएको आइ गर्छ । त्यो रेडियो नेपालको टावर याद गरेको थिएन होला, ऊ त्योचाहिँ हो त्यो ठूलो । डाँडाको अलि यता । धेरै लङ बनाउन खोज्यौं भने त्यो टावरतिर पुग्छ नि फेरि । त्यता जानु हुँदैन ।

पाइलट : ओके अब डाउन ।

कोपाइलट : अब म्यानुअल लिने हो सर ?

पाइलट : ए पर्दैन । एकछिन ठिकै छ । सिधा गइन्जेल पर्दैन । त्यसपछि लास्टमा चाहिँ म्यानुअल ।

(केही सेकेन्डपछि)

पाइलट : ल अब यहाँबाट चाहिँ म्यानुअल लिए हुन्छ ।

(ककपिटमा टुँ…टुँ…आवाज आउँछ ।)

कोपाइलट : ओके ।

पाइलट : फ्ल्यास लिभर वान फिफ्टी । फ्लाप्स थर्टी झर्दै जाउँ है ।

पाइलट : रेडी फर ल्यान्डिङ । ल्यान्डिङ गियर

कोपाइलट : डाउन ।

पाइलट : फ्लाप्स

कोपाइलट : थर्टी ।

पाइलट : ट्रान्समिसन

कोपाइलट : टेकअफ

(अस्पष्ट निर्देशन र जवाफ)

पाइटल : एक्सटर्नल लाइट ।

कोपाइलट : अन ।

कोपाइलट : के आयो ?

पाइटल : हेर ।

कोपाइलट : एयर लिफ्ट भनेर आइरहेको छ ।

(ककपिटमा जहाजको उचाइ संकेत ध्वनि बज्छ ।)

कोपाइटल : कन्टिन्यु टर्न होइन ?

पाइटल : हो ।

पाइलट : यो नयाँ एयरपोर्टपट्टि अलिक तलै ।

कोपाइलट : तलै जानु परो ?

पाइलट : होइन होइन तल होइन । यो यत्तिकै ठिक छ पावर हाल है ।

कोपाइलट (आत्तिँदै) : पावरै आएन । (झन् डराउँदै) पावरै आएन त ।

(रनवे वानटुमा ल्यान्ड गर्न एटीसीको संकेत)

पाइलट : पावर… अगाडि हाल्नु परो नि !

कोपाइलट (डराउँदै) : आएन सर, टर्क नै आएन के सर ।

पाइलट : यता जाउ त ।

कोपाइलट : यो डुअल ल्यान्डिङ है सर ।

पाइलट : हँ ।

कोपाइलट : टर्क नै आएन के सर । यो आउनुपर्ने नि त टर्क यतातिर के सर । ओके…

पाइलट : के भयो ?

(जहाजमा खतराको संकेत टुँ…टुँ…टुँ…टुँ आवाज आउँछ)

आकककक (कोपाइलट चिच्याएको आवाज आउँछ)

त्यसपछि विमान दुर्घटनामा पर्छ ।

(दाबीत्याग : यो अडियो स्वतन्त्ररूपमा आर्थिक अभियानले पुष्टि गरेको छैन ।) आर्थिक अभियान 

Translate »