भरुवा बन्दुक सहित दुई जना पक्राउ


डोटी । प्रहरीले भरुवा बन्दुकसहित दुई जना सिकारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा डोटीको दिपायल सिलगढी नगरपालिका–८ डाँडागाउँका ३३ वर्षीय रामबहादुर साउद र सोही ठाउँका ४२ वर्षीय दिल्ली साउद रहेको प्रहरीले जनाएको छ ।

उनीहरु दुबै जनालाई धानको खेतमा लुकेर बसेको अबस्थामा जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले भरुवा बन्दुक सहित राती पक्राउ गरेको प्रहरी उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिए।

