नेपाल इरानसँग पराजित


काठमाडौं । काभा महिला भलिबल अन्तर्गत आज भएको खेलमा नेपाल इरानसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा नेपाललाई इरानले ३(२ सेटमा हराएको हो ।
यो सँगै नेपालले २ जित र १ हार व्यहोरेको छ । हिजो भएको खेलमा नेपाले भारतलाई पराजित गरेको थियो । आजै भएको पहिलो खेलमा श्रीलंकाले प्रतियोगिताकै कमजोर टोली माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

श्रीलंका यसअघि नेपालसँग ३–० र इरानसँग ३–२ सेटमा हार बेहोरेको थियो। माल्दिभ्सले भने भारत र इरानसँग समान ३–० को सेटमा पराजय बेहोर्यो ।
आइतबार श्रीलंकाले खेल २५-२२, २५-१२, २५-१६ ले आफ्नो पक्षमा पार्यो । जितसँगै श्रीलंकाले तीन खेलमा चार अंक जोडेको छ । तीनै खेलमा पराजित माल्दिभ्स अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

