उडेको तीन मिनेटमा दुर्घटना भएको थियो हेलिकप्टर

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तीन मिनेटमै एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको खुलेको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार बुधबार दिउँसो १ः४५ बजे उडेको ९ एन–एजेडी हेलिकप्टर उडेको तीन मिनेटमै विमानस्थलको सम्पर्कबाट बाहिर पुगेको थियो ।


नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । सूर्यचौरको जङ्गलमा हेलिकप्टर दुर्घटना भएको दृश्य देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

दुर्घटनामा परी मृत्यु हुनेमा एक नेपाली र चार चिनियाँ नागरिक रहेका छन् । नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार शिवपुरी गाउँपालिका–७ शिवपुरी जङ्गलको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको थियो । उक्त हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए ।

Translate »