मुख्यमन्त्री कँडेल र अर्को सुत्केरी बोकेको दुई छुट्टाटट्टै हेलिकोप्टर आकस्मिक अवतरण


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल चढेको र अर्को सुत्केरी बोकेको दुई छुट्टाछुट्टै हेलिकम्टर रुकुमको आठबिसकोटमा आकस्मिक अवतरण गरेका छन् ।
प्रतिकुल मौषमका कारण आइतबार दिउँसो ३ः२५ बजे आठबिसकोट नगरपालिका–९ राडीस्थित रङ्गशालामा हेलिकोप्टर आकस्मिक अवतरण भएको हो ।
डोल्पाबाट सुर्खेतका लागि उडेको सिम्रिक एयरको (कलसाईन नाईन एन (एकेडी) हेलिकोप्टर खराब मौसमका कारण आकस्मिक अवतरण भएको बताईएको छ । अर्को पनि डोल्पाबाटै सुत्केरी बिरामी बोकेर उडेको कल साइन नाइन ए ०६६ हेलिकोप्टर खराब मौसमको कारण आठबिसकोट नगरपालिका–९ राडिको रङ्गशालामा अवतरण भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाकी पदमीकुमारी बुढालाई हेलिकोप्टर मार्फत उद्दार गरेर सुर्खेततर्फ ल्याउनेक्रममा आठबिसकोटमा आकस्मिक अवतरण गरिएको हो ।
सुत्केरी पश्चात् साल ननिस्केको र रक्तस्राव बढी भएपछि उहाँलाई हेलिकोप्टरमार्फत सुर्खेत लगिँदै थियो । आठबिसकोट नगर अस्पतालका स्वास्थ्यकर्मीहरुले हेलिकोप्टर अवतरण गरिएकै स्थलमा पुगेर सुत्केरीको स्वास्थ्य उपचार गरिरहेको बताइएको छ। प्रहरीका अनुसार उक्त स्थानमा दुई वटा हेलिकोप्टर अवतरण भएका छन् ।


