ठूला पार्टीलाई जुधाएर आफ्नो भविष्य खोज्ने दिन अब गईसके : महासचिव पोखरेल

सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ठूला पार्टीहरुलाई जुधाएर आफ्नो भविष्य खोज्ने साना पार्टीका दिन अन्त्य भईसकेको बताएका छन् ।

विहीबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै महासचिव पोखरेलले राजनीति ध्रुविकरण गर्दै देशको अस्थिरताको अन्त्य गर्नका लागि दुई ठूला दल नेपाली काँग्रेस र एमाले एक ठाउँमा उभिनु परेको स्पष्ट पारेका हुन् । जब देशमा अप्ठ्यारो परिस्थिति आउँछ, तब कांग्रेस र एमाले एकै बिन्दुमा उभिएको स्मरण गर्दै महासचिव पोखरेले आउने निर्वाचनमा फेरीपनि काँग्रेस–एमाले एक्लाएक्लै चुनाव लड्नका लागि अहिलेदेखि आन्तरिक तयारी शुरु भईसकेको जानकारी दिए ।

लोकतन्त्रलाई सुदृढ गर्न निकै आवश्यक भएको बताउँदै उनले त्यसका लागि बलियो शक्ति आवश्यक भएकोले २०८४ मा एमाले मुलुककै बलियो शक्तिका रुपमा स्थापित हुने दावी गरे । उनले युवाहरुमा निकै निराशावाद पलाएको र त्यस्ता युवालाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने उद्देश्यले सरकारले स्टार्टअप उद्यम कर्जा ल्याएकाले लाभ लिन आग्रह गरे । उनका अनुसार पछिल्लो समय एमाले–कांग्रेसको सरकार बनेपछि देशको राजश्वमा समेत वृद्ध हुन थालेको छ ।
ने


पालको मौलिक संस्कृतिमाथि अतिक्रमण गर्ने काम भइरहेको बताउँदै उनले विभिन्न जात, धर्म वर्गका नाममा गरिने अतिवाद अन्त्य गर्न आवश्यक रहेको औल्याए । प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ को असंसदीय राजनीतिका कारण संसदभित्र किचलो भईरहेको बताउँदै उनले लोकतन्त्रको हिमायती तथा जिम्मेवार व्यक्तिले श्रीलंका र बंगलादेशको उदाहरण दिएर देशमा अराजकता फैलाउन खोज्नु गतल भएको जिकिर गरे ।

 

Translate »