गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगरमा गाडीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

आज बिहान रेडियो नेपाल चोक नजिक कर्णाली प्रदेश ०१–००१ ख ०९१५ नम्बरको फोर्स गाडीको ठक्करबाट जुम्लाको हिमा गाउँपालिका–४,का अन्दाजी ५५ वर्षिय कालिबहादुर बुढाको मृत्यु भएको हो ।

वीरेन्द्रनगरको धारापानीबाट बसपार्कतर्फ जाँदै गरेको गाडीको ठक्करबाट गम्भिर घाईते बुढाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

उनले गाडी चालक र गाडीलाई नियन्त्रणमा लिएर कार्वाहीका लागि आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाईएको बताए ।

Translate »