सुर्खेतको ऐरीचोक स्थित ओली जनरल स्टोर्स एण्ड सप्लायर्सको गोदाममा आगलागी

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर ३, ऐरीचोक स्थित ओली जनरल स्टोर्स एण्ड सप्लायर्सको गोदाममा आगलागी भएको छ ।

गएराती १ बजे गोदाममा लागेको लागो सशस्त्र प्रहरी बल बाँङ्गेसीमल, नेपाल प्रहरी र वीरेन्द्रनगर नगरपालिकाको अग्नी दस्ताको संयुक्त प्रयासबाट करिब साढे तीन घण्टापछि आगो नियन्त्रणमा आएको प्रत्यक्षदर्शीले बताएका छन् ।

आगलागीबाट खाने तेल, विस्कुट, चाउचाउ, पेय पदार्थलगायतका वस्तु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । गोदाममा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

आगलागीबाट क्षतिको विवरण संकलनका काम केही समय पछि शुरु गरिने प्रहरीको भनाइ छ ।

 

Translate »