जाजरकोट कारागार भित्रै एक कैदीले गरे आत्महत्या

जाजरकोट । जाजरकोट कारागारमा एक कैदीले आत्महत्या गरेका छन् ।

जिल्लाको भेरी नगरपालिका–१०, का २५ वर्षीय दीपक बुढाले आइतबार कारागारको शौचालयमा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी (प्रहरी निरीक्षक) सन्तोष चन्दले जानकारी दिए ।

बुढा जबर्जस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए । उनीमाथि चलिरहेको मुद्दाको फैसलाअघि नै कारागारमा आत्महत्या गरेपछि घटना थप रहस्यम बनेको हो ।

घटनाबारे मृतकको परिवार र आफन्तलाई खबर गरी पोस्टमार्टम गरिएको उनले जनाए । उनका अनुसार आत्महत्याको कारणबारे थप विवरण सङ्कलन गर्ने कार्य जारी राखिएको छ ।

Translate »