प्रेस चौतारी नेपाल कोहलपुरको अध्यक्षमा प्रमोद रिजाल निर्वाचित

कोहलपुर । प्रेस चौतारी नेपाल कोहलपुरको अध्यक्षमा प्रमोद रिजाल निर्वाचित भएका छन् ।

आज सम्पन्न कोहलपुर कमिटीको दोस्रो अधिवेशनले रिजालको अध्यक्षतामा ११ सदस्यी कार्य समिति निर्वाचित गरेको हो । कार्यसमितिको उपाध्यक्षद्वयमा सर्जन आरसी र बिष्णु डाँगी, निर्वाचित भएका छन् ।

अधिवेशनले समितिको सचिवमा रवी रोकाया, कोषाध्यक्ष कृष्ण चौधरी तथा सह–सचिवद्वयमा बिजय परियार र संजय मण्डल निर्वाचित गरेको हो । अधिवेशनले समितिको सदस्यमा प्रतिक चौधरी, सन्तोष शाही, दिपेन भण्डारी र हरिशरण काफ्ले निर्वाचित भएका छन् ।

Translate »