२०८३ असोज २१ , बुधबार
Sky News Nepal
October 7, 2026

बाँकेमा वर्षापछि गर्मी कम

तापक्रम २९ डिग्रीमा झर्‍यो


बाँके । लगातारको उखरमाउलो गर्मीले प्रभावित बनेको बाँकेमा बुधबार बिहान भएको वर्षाले सर्वसाधारणलाई राहत दिएको छ।

मंगलबार अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस पुगेको बाँकेमा आजको वर्षासँगै तापक्रम घटेर २९ डिग्रीमा झरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुले प्रभाव पारिरहेका छन्। त्यसको असरस्वरूप कोशी, बागमती र लुम्बिनी प्रदेशका केही जिल्लामा हल्का वर्षा भइरहेको विभागले जानकारी दिएको छ।

गत केही सातादेखि पानी नपरेका कारण बाँकेसहित तराई–मधेसका धेरै स्थानमा अत्यधिक गर्मी भएको थियो। बुधवारदेखि हल्का वर्षा जारी रहने सम्भावना विभागले जनाएको छ।

प्रकाशित मिति : २०८२ जेठ २८ गते बुधबार
Translate »