जेन–जी आन्दोलनका क्रममा बाँकेको नौवस्ता सुधार केन्द्रबाट भागेका थुनुवा पक्राउ


सुर्खेत । सुर्खेत प्रहरीले जेन–जी आन्दोलनका क्रममा बाल सुधार गृह नौवस्ता बाँकेबाट भागेका एक थुनुवालाई पक्राउ गरेको छ ।
प्रहरीको लागु औषध नियन्त्रण शाखाबाट खटिएको प्रहरी टोलीले आज सुर्खेतको वीरेन्द्रनगर–९, लाटिकोइलीदेखि फरार थुनुवा १८ वर्षिय गोविन्द थापालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार औषध ब्राउनसुगर मुद्धाका फरार थुनुवा थापा सुर्खेतको वीरेन्द्रनगर–९, लाटिकोइलीकै स्थायी बासिन्दा हुन् ।
थुनुवा थापालाई नियन्त्रणमा लिएर आवश्यक प्रक्रियापछि बाल सुधार गृहमा पठाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिए ।

