कर्णाली प्रदेशमा चैते दशैंको सार्वजनिक बिदा

 सुर्खेत । कर्णाली प्रदेश सरकारले चैते दशैं (चैत शुक्ल अष्टमी) मा सार्वजनिक बिदा दिने भएको छ ।

प्रदेश सरकारले चैते दशैंको अवसरमा चैत १२ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । कर्णाली प्रदेश सरकार (मन्त्रीपरिषद्) बाट वि.सं. २०८१ चैत १७ गतेको निर्णय अनुसार सार्वजनिक बिदा दिइएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव लक्ष्मीकुमार विकले बताए ।

उनका अनुसार भोली प्रदेशभरका सरकारी कार्यालयसँगै सार्वजनिक संघसंस्थानमा सार्वजनिक बिदा दिने निर्णय भएको हो । त्यस्तै राष्ट्रिय धान दिवसको अवसरमा जुम्ला जिल्लास्थित सबै सरकारी कार्यालय तथा सार्वजनिक संघसंस्थाहरुमा समेत विदा दिने निर्णय भएको उनको भनाइ छ ।

कर्णाली प्रदेशको विशेषगरी जुम्ला जिल्लामा बारुवाँ (चैत १२) गते मार्सी धानको बेर्नाका लागि खोला वा नदी किनारमा भिजाइएको मार्सीको बीउ घरमा ल्याएर चुल्हो नजिक राखी तताउने र टुसा निकालेर आलीमा छर्न योग्य बनाउने चलन रहेको छ ।

Translate »