सार्वजनिक यातायातको भाडा बढ्यो

काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडा फेरि बढाएको छ ।

इन्धनको बजार मूल्य बढेकाले सार्वजनिक सवारी साधनको भाडा पनि बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । सरकारले बुधबारदेखि लागु हुने गरी सार्वजनिक तथा ढुवानी साधनको भाडा बृद्धि गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यात्रुवाहक सार्वजनिक सवारी साधनमा १६.७१ प्रतिशत, पहाडी बाटोमा गुड्ने ढुवानी सवारीमा २१.६८ र तराईको बाटोमा गुड्ने ढुवानी साधनमा १५.७५ प्रतिशत भाडा बृद्धि गरेको छ ।

यातायात व्यवस्था विभागले १३ वटा सुचकहरुको बिश्लेषण तथा इन्धनको मूल्यको आधारमा भाडा दर बृद्धि गरिएको जनाएको छ । यता राष्ट्रिय उपभोक्ता मञ्चले इन्धनको मूल्य बढेपछि सार्वजनिक सवारी साधनको भाडा बढ्ने तर, इन्धनको मूल्य घटेपछि भाडा दर नघटने चलनको अन्त्य गर्न सरकारसँग माग गरेको छ ।

Translate »