२०८३ असोज ७ , बुधबार
Sky News Nepal
September 23, 2026

घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ



काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा शोभा गुरुङ चयन भएकी छन् । यसअघिको कार्यसमितिमा उपाध्यक्ष रहेकी गुरुङले केन्द्रीय महिला उद्यमी समितिको अध्यक्ष तथा महासङ्घको विभिन्न जिम्मेवारी सम्हालेकी थिईन् ।

महासङ्घको ललितपुरमा सम्पन्न २६औं राष्ट्रिय महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा डम्बरप्रसाद रेग्मी तथा उपाध्यक्षहरुमा पूर्णबहादुर भण्डारी, सत्यनारायण अग्रवाल, यादवकुमार अधिकारी, हरिहर थापा, जानकी प्रधान, मोहन कटुवाल, रामनाथ मैनाली, सत्यनारायण प्रजापति, चन्द्रबहादुर बुढा क्षेत्री र गुणराज ढकाललाई निर्वाचित गरेको छ ।

महासङ्घको महासचिवमा विनोददेव पन्त, कोषाध्यक्षमा वीरेन्द्र जती, सचिवमा प्रेमबहादुर डिसी र सहकोषाध्यक्ष हेमविक्रम जिसी चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष गुरुङले महासङ्घको गरिमालाई उच्च बनाउँदै लघु, घरेलु तथा साना उद्योगीहरूको हक हितमा काम गर्ने बताईन् । रासस

प्रकाशित मिति : २०८३ असार २३ गते मंगलबार
Translate »