

सुर्खेत । नेपाल टेलिकमले हुम्लाको बानदेव आधारभूत विद्यालयका विद्यार्थीलाई विद्यालय झोला प्रदान गरेको छ ।
टेलिकमले हुम्लाको ताजाकोट गाउँपालिकास्थित बानदेव आधारभूत विद्यालयका विद्यार्थीका लागि २५ वटा विद्यालय झोला प्रदान गरेको हो ।

सामाजिक उत्तरदायित्वअन्तर्गत टेलिकमले ताजाकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैसीलाई ती झोला हस्तान्तरण गरेको हो ।
साथै, टेलिकमले हुम्लाको सर्केगाडस्थित हिमज्योति माध्यमिक विद्यालयका विद्यार्थीलाई समेत विद्यालय झोला हस्तान्तरण गरेको बताएकोे छ ।
प्रकाशित मिति : २०८३ असार २४ गते बुधबार












