

काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले भोटेकोशी बाढीप्रभावितलाई आर्थिक सहयोग गरेको छ ।
मञ्चले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरुको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ऐक्यबद्धता जनाउँदै साढे २० हजार रुपैयाँ सहयोग गरेको हो ।

मञ्चका पदाधिकारीबाट स्वस्फूर्त रुपमा संकलन भएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको छ । बाढीबाट प्रभावित, घाइते तथा विस्थापितहरुको शीघ्र उद्दार, उपचार र सुरक्षित पुर्नस्थापनाको कामना गर्दै यस कठिन घडीमा प्रभावित समुदायसँग राष्ट्रिय उपभोक्ता मञ्च ऐक्यबद्ध रहेको अध्यक्ष प्रेमलाल मर्हजनले बताए ।
उनले विनाशकारी बाढीबाट पीडित भएका परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस भन्ने उद्देश्य उक्त सानो रकम सहयोग गरिएको जनाए । आगामी दिनमा पनि मञ्चको साथ र सहयोग रहने उनको भनाइ छ ।











