२०८३ कात्तिक २० , बिहीबार
Sky News Nepal
November 5, 2026

मलाई लिप्सिङका लागि मात्र बोलाइएको थियोः समीक्षा अधिकारी



गायिका समीक्षा अधिकारी बुधबार आयोजना भएको एक गीतको रिलिज कार्यक्रममा पुगेर पनि सुटुक्क हिडेको बिषयले यतिबेला चर्चा पाएको छ । समीक्षाले मिडियासँग कुराकानी गर्न नचाहेको धेरैको वुझाई छ ।

नेत्र भण्डारी र समीक्षा अधिकारीको स्वरमा सार्वजनिक एक गीत रिलिज कार्यक्रममा पत्रकारलाई २ घन्टा कुराएर स्थगित गरियो । समीक्षा कार्यक्रम हुने स्थानमा पुगेर भिडियोका लागि लिप्सिङ दिएर सुटुक्क हिडेको गायक नेत्रले नै आरोप लगाएका छन् ।

तर, समीक्षाले आफूलाई पत्रकार सम्मेलनको बिषयमा जानकारी नै नभएको बताइन् । भनिन्–‘मेरो दैनिक थुप्रै गीतको रेकडिङ हुने गर्दछ । यसैले, मैले आयोजकलाई भिडियोमा लिप्सिङका लागि मात्र आउँछु भनेर जानकारी गराएको थिएँ । तर, म कार्यक्रम हुने स्थानमा पुग्दा त मिडियाकर्मीलाई देखे । मैले, निर्देशक काशिज श्रेष्ठलाई म अहिले मिडियासँग बोल्दिनँ भनेर जानकारी गराएको थिए । खै, आयोजकले किन मलाई फसाउन खोज्यो मलाई थाहा छैन ।’

समीक्षाले मिडियामा अन्तरवार्ता दिने वा नदिने भन्ने कुरा आफ्नो अधिकारको बिषय भएको समेत बताइन् । बजारमा चलेका हल्लाहरु गलत भएको भन्दै समीक्षाले आफू गीत गाउनमा नै व्यस्त भएको समयमा यस्ता हल्ला चलाइएकोमा दुःख व्यक्त गरिन् ।

समीक्षाले भनिन्–‘आयोजकले मसँग पत्रकार सम्मेलन गरेर गीत रिलिज गर्ने बिषयमा सल्लाहा गर्नु भएको थियो । मैले, गीतको प्रमोशनका लागि आफू लागिपर्ने तर पत्रकार सम्मेलन भने नगर्न आग्रह गरेको थिएँ । तर, लिप्सिङका लागि पुग्दा मिडियाकर्मी देखेर म आफै छक्क परेँ ।’ (अनलाइन खबर)

प्रकाशित मिति : २०७८ असोज ७ गते बिहीबार
Translate »