हिमाल, पहाडलाई दुनियाँकै आकर्षक गन्तव्य बनाउँछौं : एमाले अध्यक्ष ओली

 सुर्खेत ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालका दुर्गम भनिने हिमाल, पहाड तराईलाई दुनियाँको आकर्षक गन्तव्य बनाउन सकिने बताउनु भएको छ ।

एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ को आज पाँचौं दिन सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधभानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले हिमाल, पहाड, तराईका सबै स्थान समृद्धि र सम्भावनाले भरिपूर्ण रहेको बताएका छन् ।

उनले देशको समृद्धिका लागि कृषिको आधुनिककिकरण गरेर देशलाई औधोगिककरणतर्फ उन्मुख गराउँदै सन्तुलित व्यापार, शिक्षित नागरिक र निरोगी नेपाल बनाउने परिकल्पना एमाले नेतृत्वले लिएको बताए । देशको समृद्धि एमालेको नेतृत्वबाट मात्रै सम्भव भएको बताउँदै उनले आगामी निर्वाचन मार्फत एक्कल बहुमतको सरकार गठन गरेर ‘समृद्ध नेपाली सुखी नेपाली’ को सपना साकार पार्ने दावी गरे ।

एमाले जनताको लागि काम गर्ने पार्टी भएको भन्दै उनले आगामी दिनमा विकासको लहर कसरी सिर्जना गर्ने भनेर अध्ययन र चिन्तन गर्न झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा आयोजना गरिएको जानकारी दिए ।

अध्यक्ष ओलीले एमालेको समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियान सही छ भन्ने कुरामा यात्राको क्रममा देखिएको नागरिकको सहभागिताले थप पुष्टि गरेको धारणा व्यक्त गरे । देशको समृद्धि र जनताको जीवन परिवर्तन गर्ने कार्यमा एमालेको नेतृत्वमा मात्र सम्भव रहेको उनको भनाइ थियो ।

‘अहिले कृषिका उर्भर भूमिहरु उजाड हुँदै गएका छन् । दुनियाँमा हाम्रो भन्दा विकट भूगोल भएका देशहरुले फड्को मारिसकेका छन्,’ उनले भने, ‘तर, वर्तमान गठबन्धन सरकार देशको विकास र समृद्धिका बारेमा नसोचेर सत्ता र स्वार्थलिप्तामा तलिल्न रहेको छ ।’ उनले पहाडको स्थिती के, कस्तो रहेछ ? हामीले निर्माण शुरु गरेका राजमार्ग, बनाएका बाटाहरु, पुलपुलेसा, कृषिको आधुनिकिकरण जस्ता विकास निर्माणहरुको अवस्था बुझ्न स्थलगत अनुगमन र नयाँ कामको सम्भावनाका बारेमा स्थानीयसँग छलफलका लागि आफ्नो यात्रा जारी रहेको बताए ।

एक फरक प्रशंङ्गमा उनले भने, ‘देशमा अहिले मनपरितन्त्र चलिरहेको छ । अपवित्र गठबन्धन सरकारका कारण देशको राष्ट्रियता कमजोर भएको छ । देशको स्वतन्त्रता कमजोर मात्र होइन, सीमा रक्षामा पनि सरकार चुकेको छ ।’ उनले देश चालु आर्थिक वर्षको पहिलो चार महिनामै १२ प्रतित ब्याजद दरमा जनतासँग आन्तरिक ऋण लिएर कर्मचारी पाल्नुपर्ने नाजुक अवस्थामा पुगेको उल्लेख गरे ।

देशलाई भ्रष्टाचार, घुसखोरी, कमिशनतन्त्रको जालोले छोपेको भन्दै उनले आर्थिक तथा सामाजिक अवस्था निकै डरलाग्दो अवस्थामा पुग्दा समेत गठबन्धन सरकार कानमा तेल हालेर बसेको आरोप लगाए ।

गठबन्धन दलहरुका कारण देशमा निम्तिएको अस्थिरता र जनतामा देखिएको निराशापनले प्रतिगमनलाई प्रश्रय मिलिरहेको भन्दै उनले विकास विरोधी, परिवर्तन विरोधी र लोकतान्त्रिक गणतन्त्र विरोधीहरुलाई वैचारिकरुपले परास्त गर्न समेत आवश्यक रहेको औल्याए । देशको परिवर्तनलाई उपलब्धी नठान्ने तत्वहरुले जनताको हित नचाहेको उनको ठम्याई थियो ।

Translate »