निकुञ्जबाट अवैध हतियार बरामद

बाँके । बाँके राष्ट्रिय निकुञ्जभित्र चोरी शिकारीमा प्रयोग भएको अवैध हतियार बरामद गरिएको छ । निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्ज कार्यालयका कर्मचारीको संयुक्त गस्ती टोलीले बाँकेको राप्ती सोनारी गाउँपालिका–१, स्थित राजकोट इलाकाबाट बरामद गरेको हो ।

निकुञ्जभित्र प्रवेश गरी चोरी शिकारीमा संलग्न व्यक्तिबाट प्रयोग भएको अवैध हतियार बरामद गरिएको निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्जमा लुकीछिपी दुई राउण्ड गोली फायर गरेपछि प्रतिकारमा पेट्रोल टोलीले ४ राउण्ड जवाफी फायर गरेको निकुञ्ज सुरक्षार्थ नेपाली सेनाका कर्णेल अशोक खड्काले बताए ।

जवाफी फायरको खोजतलासको क्रममा १ थान बाह्रबोर, १ थान भरुवा बन्दुक र उक्त हतियारमा प्रयोग हुने गोली तथा बन्दोबस्तीका सामान बरामद गरिएको खड्काले जानकारी दिए ।

Translate »