२०८३ कात्तिक २२ , शनिबार
Sky News Nepal
November 8, 2026

हेड टु हेडमा नेपाललाई स्वर्ण



काठमाडौं । नेपालले एसियाली र्‍याफ्टिङ च्याम्पियनसिपको हेड टु हेडमा स्वर्ण पदक जितेको छ। उक्त स्पर्धामा नेपालले एक सय २० अंक जोड्दै स्वर्ण पदक जितेको नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जानकारी दिए ।

भारतको हिमाञ्चल प्रदेशस्थित सिम्लामा भएको प्रतियोगिताको स्लालममा ८० अंकसाथ नेपालले रजत पदक पक्का गर्‍यो। डाउन रिभरमा ६० अंक जोडेको नेपाल चौथो स्थानमा रह्यो । समग्र टिममा भने नेपाल दोस्रो स्थानमा रह्यो। नेपाली खेलाडीमा सविन गुरुङ, शक्तिकुमार गुरुङ, विजय गुरुङ, डम्बरबहादुर पुर्वाछाने र दीपेश पुन मगर छन् ।

प्रकाशित मिति : २०८० फागुन २७ गते आइतबार
Translate »