एमाले सिकाउँदै लोकतान्त्रिक अभ्यास : मतदान सकियो, केहीबेरमै मतगणना कार्य शुरु हुँदै

सुर्खेत । नेपालको संविधान नै लोकतन्त्रमा विश्वास राख्छ । लोकतान्त्रिक व्यवस्थाको सुन्दर पक्ष भनेको आवधिक निर्वाचन हो । संविधान प्रदत् राजनीतिक पार्टीहरुको समेत नेपालमा आवधिक निर्वाचन हुने गर्दछ । निर्वाचनका माध्ययमबाट जनप्रिय, सक्षम र इमानदार राजनेताको जन्म भएका प्रशस्त उदाहरकण छन् ।

निर्वाचनबाट पार्टी तथा व्यवस्थामा भएका कमी–कमजोरीमा सुधार हुनुका साथै जनताका मौलिक हक–अधिकार कार्यान्वयन सहज हुन्छ  । लोकप्रिय नेतृत्वलाई स्थापित गराउने र गलत नेतृत्वलाई पाखा लगाउने निर्वाचनबाटै हो । अरुको विरोध गर्न जति सजिलो छ, आफू त्यहाँ गएर काम गर्न कठिन छ  ।

हाम्रो देशमा पटक–पटक शासन व्यवस्था परिवर्तन हुँदै आएको छ । जनतामा राजनीतिक चेतनाको स्तर वृद्धि भएको छ  । तर, हाम्रो प्रवृत्ति, व्यवहार र बानीमा परिवर्तन नआउँदा समग्र देश र नागरिकको आर्थिक अवस्थामा परिवर्तन आउन सकेको छैन । देशको आन्तरिक स्रोत र साधनको अधिकतम उपयोग गरी आत्मनिर्भर अर्थव्यवस्था निर्माण गर्नु वर्तमान नेतृत्वको आवश्यकता हो ।

यसै आवश्यकतालाई परिपूर्ति गर्ने गरी नेकपा एमाले सुर्खेतको नवौं जिल्ला अधिवेशन सम्पन्नको अन्तिम तयारीमा पुगेको छ । एमाले सुर्खेतको ईतिहासमा पहिलो पटक सौहार्दपूर्ण आन्तरिक पार्टी जीवनको उच्चतम् मूल्य मान्यता स्थापित गर्दै नयाँ नेतृत्व चयनका लागि ४९५ जना प्रतिनिधि मध्ये ४८६ जनाले मतदानमा प्रत्यक्ष सहभागिता जनाएका छन् ।

यो भनेको झण्डै ९९ प्रतिशत मत खसेको हो । निर्वाचनबाट थुप्रै ऊर्जाशील युवा नेताहरु निर्वाचित हुने अपेक्षा राखिएको छ । तिनै युवा नेतृत्वमार्फत नेकपा एमालेले घरदैलोबाटै जनताले पाउनुपर्ने सेवा–सुविधाको सुनिश्चितता गर्न मिशन २०८४ अभियान देशव्यापी अघि बढाएको छ ।

विहीबारदेखि एमाले सुर्खेतको नवौं जिल्ला अधिवेशन वीरेन्द्रनगरको सिटी हलमा सुरु भएको थियो । अधिवेशनको पार्टी महासचिव शंकर पोखरेलले उद्घाटन गरेका थिए । नेतृत्वसहित सबै पदमा सहमति गर्ने, नभएमा चुनावी प्रक्रियाबाट चयन माग उठेपछि ९९ पद मध्ये केहीमा सहमति र केही निर्वाचन भएको हो ।

एमाले सुर्खेतको अध्यक्ष पदका लागि धेरै नेता आकांक्षी देखिएपनि निवर्तमान अध्यक्ष अमृतबहादुर विसी र निवर्तमान उपाध्यक्ष कुलमणि देवकोटा वीच प्रतिस्पर्धा भएको छ । आइतबार दिउँसो १२ बजेबाट शुरु भएको मतदान प्रक्रिया सवा चार बजे सम्पन्न भएको थियो । अहिले बैठक बसेर मुचुल्का उठाउने कार्य भईरहेकाले करिब साढे १० बजेदेखि मतगणना कार्य शुरु हुने प्रमुख निर्वाचन अधिकृत सूर्यमणि गौतमले जानकारी दिए ।

उपाध्यक्षमा मोहन बडुवाल, ताराकेशर गौतम, सचिवमा डण्डिप्रसाद शर्मा र डम्बर तिवारी उप–सचिव महिलाबाट सुशीला विश्वकर्मा र तृप्ती विब, उपसचिव (खुला) टीकाराम सोमै र हरिप्रसाद अधिकारी प्रतिस्पर्धामा छन् ।

नवौं अधिवेशनमा पार्टीको सदस्य पदका लागि प्रत्यक्ष उम्मेदवारी दिएका काशीराम देवकोटाले असमानता, गरिबी, अशिक्षा, अभाव, बेरोजगार पछौटेपन आदिका कारण समाजमा क्रान्ति, द्वन्द्व, अशान्ति, बेथिति, विकृति, विसंगति एवं अराजकता विरुद्ध अब एमालेका सबै सिपाही जुटेर प्रतिकारमा उर्तिनुपर्ने बेला आएको बताए ।

 

उनले पार्टी भित्र लोकतान्त्रिक पद्धती के हो ? र कसरी स्वच्छ प्रतिस्पर्धा गर्नुपर्छ भन्ने तरिका अरु राजनीतिक पार्टीहरुले एमालेबाट सिख्न आग्रह गरे ।

‘अहिले देश व्यापी एमालेप्रतिको बढ्दो जनप्रभावबाट अत्तालिएर प्रतिक्रियावादीहरु विभिन्न हत्कण्डा अपनाईरहेका छन् । त्यति मात्र होइन, एमालेको साख गिराउन उनीहरु जनता वीच भ्रमको खेति गरिरहेका छन्,’ उनले भने, ‘विकाउ र विचलित प्रतिक्रियावादीहरु आफ्नो अन्तिम हैसियत बचाउनका लागि साम, दाम र दण्ड भेदको प्रयोग गरिरहेका छन् । देशका पहरेदार एमाले कार्यकर्ताहरुले नागरिकले दैनिक भोग्नु परेका समस्यामा मात्र होइन, राष्ट्र र राष्ट्रियताका लागि समेत लड्न तयार हुनुपर्ने बेला आएको छ ।’

उनले प्रतिक्रियावादीहरुलाई ठाउँका ठाउँ तह लगाउन जनताको मनोवललाई उँचा बनाउँदै आर्थिक अवस्था परिवर्तनका लागि देखिने गरी नीतिगत कार्य गर्न आवयक रहेको औल्याए । उनका अनुसार पार्टीको आन्तरिक निर्वाचनपछि सबै नेताकार्यकर्तालाई मिलाएर ग्रासरुट लेवलबाट योजनावद्ध रणनीति तयार गरेर अघि बढिनेछ ।

Translate »