मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा दस जनाको आवेदन स्वीकृत


काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपतिमा दरखास्त दिएका मध्ये १० जनाको आवेदन स्वीकृत भएको छ ।
उपकुलपति छनोट तथा सिफारिस समितिले प्रकाशन गरेको सूचना अनुसार प्रा. डा. कविप्रसाद पोख्रेल, प्रा.डा. केशरसिंह राना, प्रा.डा. देवबहादुर खड्का, प्रा.डा. ध्रुवकुमार गौतमको आवेदन स्वीकृत भएको छ ।

साथै प्रा.डा. नन्दबहादुर सिंह, प्रा.डा. विनयकुमार मिश्र, प्रा.डा. भोलानाथ शर्मा घिमिरे, प्रा.डा. मुकुन्दप्रकाश क्षेत्री, प्रा.डा. यमबहादुर कार्की र प्रा.डा. शोभखर कँडेलको आवेदन पनि स्वीकृत भएको छ । आवेदन दिनेमध्ये एक उम्मेदवारको नाम मापदण्डभित्र नपरेकाले अस्वीकृत भएको छ ।
स्वीकृत उम्मेदवारहरुलाई यही चैत २७ भित्र विश्वविद्यालयसम्बन्धी आफ्नो सोचपत्र (भिजनपेपर) र विश्वविद्यालयको चार वर्षे कार्ययोजना (प्रोफेसनल वर्क प्लान) पेस गर्न समितिले आग्रह गरेको छ । तत्कालीन उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहको कार्यकाल गत फागुन १७ गते सकिएको थियो ।

