कर्णाली प्रदेश प्रमुखद्वारा सरकार गठनका लागि आव्हान


सुर्खेत । कर्णाली प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दावी पेश गर्न दलहरुलाई आव्हान गरेका छन् । उनले आज विज्ञप्ति जारी गर्दै दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा सरकार बनाउनका लागि दलहरुलाई आव्हान गरेका हुन् ।
कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आजै पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख परियारले नयाँ सरकार गठनका लागि दलहरुलाई आव्हान गरेका छन् । सरकार गठनका लागि दावी पेश गर्ने समय चैत्र २७ गते दिउँसो ५ः५० बजेसम्म दिइएको छ ।

केन्द्रीय सत्ता समिकरण बदलिएसँगै कर्णालीमा एमालेको भागमा परेको छ । शर्माले राजीनामा दिएसँगै एमाले संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वमा कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको छ ।


