लुम्बिनीमा सरकार जोगाउने र नयाँ बनाउने कसरत तीव्र


दाङ । लुम्बिनीमा सरकार जोगाउने र नयाँ बनाउने कसरत तीव्र पारिएको छ । सत्ता र प्रतिपक्ष दलहरु आन्तरिक बैठकमा व्यस्त छन् । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजनीनामा दिने की विश्वासको मत लिने भन्ने बारेमा निर्णय गर्न संसदलीय दलको बैठक बोलाएका छन् । दिउँसो एक बजे संसदीय दलको बैठक बोलाएको र बहुमत पुगे विश्वासको मत लिने, नपुगे पदबाट राजनीनामा दिने बारेमा छलफल गरेर निर्णय लिने कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले बताए । आज बस्ने प्रदेश सभाको चौथो अधिवेसनको पहिलो बैठकमा विश्वासको मत लिने कार्यसूची छ । तर, आफ्नो पक्षमा बहुमत नपुग्ने अवस्था रहे मुख्यमन्त्री चौधरीले राजनीनामा दिने, बहुमत जुटाउन सक्ने अवस्था रहे विश्वासको मत लिने तयारीमा छन् । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले चैत २३ मा समर्थन फिर्ता लिएपछी वर्तमान सरकार अल्पमतमा परेको थियो ।

गत वैशाख १४ गते आठ राजनीतिक दल र एक स्वतन्त्रगरी ५३ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा चौधरी नियुक्त भएका थिए । ८७ सदस्यीय प्रदेशसभामा राप्रपाका एक जना सांसद निलम्बनमा परेपछि ८६ सदस्य कायम छ । बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । कांग्रेस २७, नागरिक उन्मुक्ति पार्टीका ४, राप्रपा ३, लोसपा ३, जनमत ३, जनमोर्चा का १ जना प्रदेशसभा सदस्य छन् ।
मुख्यमन्त्री चौधरीले राप्रपालाई आफ्नो साथमा लिएपछी पनि बहुमत पु¥याउन सक्ने अवस्था देखिदैन् । कांग्रेस, नागरिक उन्मुक्ती पार्टी, राप्रपा, लोसपा, जनमत र जनमोर्चाको गरेर जम्मा ४१ जना प्रदेश सभा सदस्य छन् । नयाँ राजनीतिक समिकरणको आधारमा एमालेका २९, माओवादी सभामुख बाहेक १०, जसपा ३, एकीकृत समाजवादी एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको साथ लिएर नयाँ सरकार बनाउन बहुमत पुग्ने देखिन्छ । साथै लुम्बिनीमा माओवादीले नयाँ सरकार बनाउन दलहरुसंग छलफल अघि बढाएको छ । संसदीय दलका नेता जोखबहादुर महरा आफ्नो नेतृत्वमा सरकार बनाउनेगरी छलफलमा जुटेका छन् ।

