आज चैत २६ गते सोमबारको राशिफल

राशिफल  : तपाईको आजको दिन कस्तो रहनेछ  ?

मेष :– विवेक पु¥याएर बोल्नुपर्ने छ । माया गरेको धन प्राप्त हुनेछ । शेयर कारोबारमा फाइदा हुनेछ । साथीले सहयोग गर्नेछन् । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृष :– साथीसँगको भेटले मन खुशी हुनेछ । वैदेशिक लगानीबाट सन्तोष मिल्नेछ । सामाजिक क्षेत्रमा प्रशंसा हुनसक्छ । पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन :– बन्धुबाट सहयोग मिल्नेछ । साथीसँग रमाइलो गर्ने दिन हो । कर्म बलियो रहेकाले लगानी बढाउनु पर्नेछ । बौद्धिक व्यक्तिसँग संगत हुनेछ । परिवारमा भने कुरा नमिल्ने जोखिम हुनसक्छ।

कर्कट :– वैदेशी क्षेत्रको लगानीबाट फाइदा हुनेछ । परीक्षाको नतिजा राम्रो प्राप्त हुनेछ । आर्थिक लगानीमा ठुलो काम नगर्नु राम्रो हुन्छ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

सिंह :– बोल्दा विशेष ख्याल गर्नुपर्ने दिन छ । कर्मको प्रभावले सबैले प्रशंसा गर्नेछन् । न्यायपूर्वक गरेको लगानीको क्षेत्रबाट उन्नति हुनेछ । शिक्षामा सफलता मिल्नेछ ।

कन्या :– आफन्तसँग रमाइलो भेट हुनेछ । स्वास्थ्यमा लाभ हुनेछ । हिम्मत गरेमा लगानीको क्षेत्रमा फाइदा हुनेछ । धार्मिक क्षेत्रका अगुवासँगको भेटले मनमा उत्साह थपिनेछ । हरेक कार्यमा परिवारको सहयोग मिल्नेछ ।

तुला :– यात्रा सुखद् बन्नेछ । शिक्षाको लगानीबाट फाइदा हुनेछ । सामाजिक सेवा गर्ने योग छ । परिवारको साथ र सहयोग रहनेछ । व्यवहार गर्दा भने सचेत हुनुपर्ने देखिन्छ ।

वृश्चिक :– नयाँ कामको थालनी हुनेछ । बोलीमा ख्याल गर्नुपर्ने देखिन्छ । घरमा अतिथिलाई स्वागत गर्न अवसर मिल्नेछ । वैदेशिक क्षेत्रको लगानीबाट लाभ हुनेछ । परिवारको साथ र सहयोग राम्रो छ ।

धनु :– महत्त्वपूर्ण सामान हराउने जोखिम भएकाले काम गर्दा सचेत हुनुपर्ने दिन छ । परिवार र प्रेम सम्बन्धमा मनमुटाव हुनसक्छ । व्यवहार गर्दा सचेत हुनुपर्ने दिन छ ।

मकर :– आर्थिक क्षेत्रमा राम्रो प्रगति हुनेछ । कर्म क्षेत्रमा मेहनत आवश्यक देखिन्छ । आर्थिक र सामाजिक क्षेत्रका लागि समय अब्बल छ । परिवारको साथ र सहयोग रहनेछ ।

कुम्भ :– राजनीतिमा सफलता मिल्नेछ । नयाँ कामको सुरुवात हुने दिन छ । इमान्दारिता नगुमाउनु राम्रो हुनेछ । परिवार सकारात्मक छन् ।

मीन :– व्यापारमा लाभ हुनेछ । लगानीका अवसरहरु खुल्दै जानेछन् । परिवारको साथ र सहयोग रहन्छ । अवसर आउँछ भनेर चुप बस्ने होइन कर्म क्षेत्रमा सक्रिय भएर लाग्नुपर्ने दिन हो ।

Translate »