

सुर्खेत । आज इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै ‘इद–उल–फित्र’ मनाइदै छ । आज सरकारले सार्बजनिक बिदा समेत दिएको छ ।

गृहमन्त्रालयले बुधवार एक सूचना जारी गर्दै विहिबार सार्बजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको हो । नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौं महिना हो ।
यो पर्वको ७०औंं दिनमा बकरिद अर्थात ‘इदउलअजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरु ‘हज का लागि साउदी अरबको मक्का मदिना जाने पनि गर्दछन् ।
प्रकाशित मिति : २०८० चैत २९ गते बिहीबार










