आज वैशाख ३ गते सोमबारको राशिफल

राशिफल :– तपाईको आजको दिन कस्तो रहनेछ ?

मेष :– मेहनत गरेको क्षेत्रमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर हुनेछ । धार्मिक यात्रा हुने योग छ । व्यापारमा फाइदा हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

वृष :– परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । साथीसँगको भेटले मन खुशी हुनेछ । श्रमको उचित मूल्यांकन हुने दिन छ ।

मिथुन :– जग्गा जमिन वा सुनको जोहो गर्ने दिन छ । शिक्षामा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । शुभ कार्यमा सहभागी हुने अवसर जुट्नेछ ।

कर्कट :– खराब समय आएको छ । सामान हराउने जोखिम हुनसक्छ । कुरा काट्नेहरु धेरै छन् । व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ । साथीसँग सहकार्य गर्दा जोगिएर काम गर्नुपर्ने हुन्छ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ ।

सिंह :– परिवारको साथ र सहयोग मिल्नेछ । स्वदेशमै लगानीका अवसर सिर्जना हुनेछन् । समय राम्रो भए पनि सफलताका लागि संघर्ष आवश्यक देखिन्छ । धन आर्जनको समय भए पनि मेहनतको आवश्यकता देखिन्छ।

कन्या :– लामो समयदेखि गुमेको धन भेटिने छ । हराएको साथीसँग अचानक भेट हुनेछ । धार्मिक क्षेत्रमा मन जानेछ । मन खुशी हुनेछ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ ।

तुला :– आर्थिक क्षेत्र सबल बन्नेछ । बौद्धिक व्यक्तिसँग भेट हुनेछ । रमाइलो यात्राको योग रहेको छ । सामाजिक क्षेत्रमा मानसम्मान प्राप्त हुनेछ । पारिवारिक सम्बन्ध र प्रेम सम्बन्ध सुमधुर बन्नेछ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ ।

वृश्चिक :– तपाईंको श्रमबाट फाइदा लिनेहरु रमाउने देखिन्छ । बोलीमा नम्रता र व्यवहारमा लचकता आवश्यक छ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदै हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

धनु :– मेहनत गरेको क्षेत्रमा काम बन्नेछ । तपाईंको मिठो बोली नै उपयोगी बन्नेछ । धर्मममा मन जानेछ । लगानी गरेको क्षेत्रमा फाइदा हुनेछ । सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुने योग छ ।

मकर :– राम्रो खबर सुन्न पाइने योग छ । वित्तीय संस्थासँगको कारोबार राम्रो हुनेछ । व्यापारबाट उल्लेखनीय उपलब्धि नहुनसक्छ । परिवारको सल्लाह लिएर मात्र काम गर्नु राम्रो हुन्छ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ ।

कुम्भ :– आकस्मिक लाभको योग छ । सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ । परिवारको साथ र सहयोग रहने योग छ । सोचेको काम बन्नेछ ।

मीन :– आम्दानी भन्दा खर्च बढ्ने योग छ । नयाँ साथीसँग भेट हुनेछ । स्वदेशमा भन्दा विदेशमा गरेको लगानी नै उत्साहजनक हुनेछ । परिवारमा कुरा बुझाबुझ नहुँदा खटपट हुनसक्छ । दुर्घटनाको जोखिम रहेकाले यात्रामा सचेत हुनु राम्रो हुनेछ ।

Translate »