इलाम २ उपनिर्वाचन : करिब ४२ प्रतिशत मत खस्यो

इलाम । इलाम निर्वाचन क्षेत्र –२ मा हाल सम्ममा ४२ प्रतिशत मत खसेको छ । १ लाख १५ हजार ८ सय ८७ मतदाता संख्या रहेको इलाममा केहि बेर अघि सम्ममा ४९ हजार मत खसेको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरे बिहान भन्दा दिउसो मतदान गर्नेको संख्या बढदै गएको जानकारी दिए ।

एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भैरहेको स्थानीय प्रसाशनले जनाएको छ । इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सबै केन्द्रमा हाल सम्म शान्तिपूर्ण रुपमा मतदान भैरहेको बताए । ६ पालिकाका ४२ वटा वडामा मतदान भैरहेको छ ।

 

Translate »