

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्राकृतिक स्रोतसाधनले भरिपूर्ण भएपनि मानवसंसाधनसँगै भौतिकपूर्वाधार विकासमा पछाडी परेकाले त्यसको प्रभाव सबै क्षेत्रमा देखा परिरहेको बताउनु भएको छ ।
राष्ट्रिय महिला आयोगले शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको नीतिगत तहमा महिलाको पहुँच स्थापित गराउने विषयमा प्रदेश सभा सदस्य र संसदिय समितिका सभापतिहरुसँगको अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले देशबासी एकैचोटी झ्¥याङजुल्लुक उठे व्यवस्था बद्लिन सहज होला, तर समाजको चेतना बद्ल्ने कुरा असम्भव नभएपनि कठिन अवश्य रहेको बताउनु भयो ।
उहाँले हाम्रो जस्तो सामाजिक तथा आर्थिक भूःबनाबटका मानिसहरुको संस्कार, मूल्य मान्यता, विचार र दृष्टिकोण बद्ल्ने कुरा व्यक्ति–व्यक्तिबाटै सुधार गर्दा जाँदा नयाँ सोच स्थापित गर्न सकिने जिकिर गर्नु भयो ।

‘व्यक्ति समक्ष भएपनि उसको प्रस्तुती, विचार, सोच र दृष्टिकोणलाई उसले प्रतिनित्व गर्ने समाजले उसलाई प्रभाव पारिरहेको हुन्छ,’ उहाँले भन्नु भयो, ‘देशका अन्य प्रदेशको तुलनामा कर्णालीका महिलाको अवस्था विगतको भन्दा सुधारोन्मुख भएपनि कुरिती, अन्धविश्वास र पुरानो मान्यताहरु कायमै रहँदा कतिपय क्षेत्रमा अहिलेपनि यथास्थिति कायमै रहेको जस्तो देखिन्छ ।’
उहाँले लामो समयदेखि जकड्एिर रहेको सामाजिक कुरिती तथा कुसंस्कारको प्रभाव महिलासँगै पुरुषमा समेत देखा परिरहेको बताउनु भयो ।
‘कुरिती, अन्धविश्वास र पुरानो मान्यतामा विश्वास गर्नेहरुको संख्या कर्णालीमा उल्लेखनिय छ । अनपढमा मात्र होइन, आफुलाई बुर्जुग, अब्बल, नेतृत्वदायी भूमिका खेल्नेहरुमा पनि त्यसको प्रभाव यत्रतत्र देखिन्छ,’ उहाँले भन्नु भयो, ‘त्यसकारण यसलाई बद्ल्ने, त्यो ठाउँबाट माथि उठाउने दायित्व र जिम्मेवारी हामी सबैको हो ।’

उहाँले अब कर्णालीको अवस्थाको सविस्तार चर्चा भन्दा पनि एकमतले समस्याको उपचार तर्फ जुट्न आग्रह गर्नु भयो ।

‘कर्णालीका महिलाहरुको दुर्दशाले मलाई अनुभूति गराएजस्तै राज्यका विभिन्न निकायबाट प्रतिनिधित्व गर्नेहरु साथीहरुलाई समेत अनुभूति गराएको हुनु पर्छ भन्ने विश्वास लिएको छु,’ उहाँले भन्नु भयो, ‘दलिय व्यवस्था छ । आज कति भन्न मिल्छ या मिल्दैन्, जति भन्नु पर्ने हुन्छ त्यसबाट प्रभाव पर्ने हुँदा लागु गर्न सक्ने कुरा मात्र मैले बोल्नु पर्छ । महिलाको सहभागिताको सुनिश्चितताका निम्ति सबैभन्दा पहिला जुन–जुन दल र ठाउँमा आबद्ध छौं, त्यहींबाट सफलताको मापन अगाडि बढाउनु पर्छ ।’
उहाँले नीतिगत तहमा स्तवः महिला सहभागिताले मात्र त्यो जिम्मेवारी पुरा गर्न सकिने कुरा जटिलमात्र नभई छलफलको विषय भएकाले अवसर प्राप्तिका लागि निरन्तर जुटिरहन आग्रह गर्नु भयो ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले कर्णालीमा महिला तथा बालबालिकाको अवस्था सुधार ल्याउनका लागि तीनै तहका सरकारहरु जुट्नु पर्ने बताउनु भयो । उहाँले कर्णालीमा जवरजस्ती करणी, बालविवाह, बहुविवाह, बाल यौन दुराचार, यौन दुव्र्यवहार था बोक्सीको आरोपसम्बन्धीका मुद्दाहरुको संख्याले समेत आफुलाई झकझोर पारेको जनाउनु भयो ।
‘लैङ्गिक समानता र महिला सशक्तीकरणका मुद्दालाई कर्णाली प्रदेशसँगै पालिकाहरुको आगामी बजेटले समेट्नुपछ,’ उहाँले भन्नु भयो, ‘लैङ्गिक मैत्री बजेट ल्याइनुपर्छ, यसले सामाजिक न्यायसहितको सुशासन प्रवद्र्धन हुने भएकाले सरकारलाई पनि सहयोग पुग्छ ।’

कर्णाली प्रदेशभरी पछिल्लो दुई आर्थिक वर्षमा २ हजार ६ सय १६ महिलामाथि आफ्नै परिवार, श्रीमान र छिमेकीबाट घरेलु हिंसामा परेको प्रहरीको तथ्यांक छ ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले सामाजिक क्षेत्रको विकास र सामाजिक न्यायमा आधारित भई लैङ्गिक उत्तरदायी बजेट वीनपाले अंगिकार गरिरहेको बताउनु भयो ।
उहाँले समृद्धिका लागि आत्मबल तयार पार्ने गरी आगामी बजेट महिलामैत्री, वातावरणमैत्री, सुशासनमैत्री तथा सामाजिक न्यायमा आधारित दलित, पिछडिएका, सीमान्तकृत समुदायलाई सम्बोधन हुने गरि आउने जानकारी दिनु भयो ।











