२०८३ कात्तिक २२ , शनिबार
Sky News Nepal
November 7, 2026

दैलेख बजारमा लागेको आगो नियन्त्रणमा, करिब २ करोडको क्षती



दैलेख । दैलेख । दैलेखको सदरमुकाम दैलेख बजारमा लागेको नियन्त्रणमा आएको छ ।

मंगलबार दिउँसो विद्युत् सर्ट भई नारायण नगरपालिका–१ स्थित साजन मोटरसाइकल ग्यारेजबाट शुरु भएको आगोले दुई वटा पसल जलेर नष्ट भएका छन् । आगलागीबाट मोटरसाइकल ग्यारेजसँगै जोडिएको सम्झना फोटो स्टुडियो जलेर नष्ट भएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी सुनिल दाहालले बताए ।

उनले प्रारम्भिक विवरण अनुसार आगलागीबाट १ करोड ९० लाख रुपैयाँ बराबरको सम्पत्तीमा क्षती पुगेको जनाए ।

प्रकाशित मिति : २०८१ वैशाख २५ गते मंगलबार
Translate »