२०८३ कात्तिक २२ , शनिबार
Sky News Nepal
November 7, 2026

डाक्टर सुवेदीलाई रेडक्रसको विशिष्ट सदस्यता



सुर्खेत । नेपाल रेडक्रस सोसाइटीले चर्चित आँखा रोग विशेषज्ञ डाक्टर शक्तिप्रसाद सुवेदीलाई विशिष्ट सदस्यता प्रदान गरेको छ ।

रेडक्रसका आर्दश र सिद्धान्तमा आस्थावान भई संस्थाको विकासमा सहयोग गरे वापत रेडक्रसले ‘विश्व रेडक्रस दिवस’ को अवसर पारेर बुधबार सुर्खेतको वीरेन्द्रनगरमा डाक्टर सुवेदीलाई विशिष्ट सदस्यता प्रदान गरेको हो ।

उनलाई रेडक्रसका केन्द्रिय सदस्य रामलाल आचार्य, प्रदेश सभापति लिलाराम सुवेदीलगायतले संयुक्तरुपमा विशिष्ट सदस्यता प्रदान गरेका हुन् ।

कर्णालीमा रहेर आँखाका लाखौं विरामीको सेवा गरेको अनुभवसँगै हाल प्रदेश अस्पताल सुर्खेतमा ११ तहमा कार्यरत डा.सुवेदीलाई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको निर्देशकको समेत जिम्मेवारी रहेको छ ।

यसअघि पनि उनलाई सुर्खेत आँखा अस्पतालको प्रमुख डाक्टरको जिम्मेवारीमा रहँदा  मानवताका लागि उदाहरणीय कार्य गरेको भन्दै विभिन्न संघ संस्थाहरुले सम्मान दिँदै आएका थिए ।

प्रकाशित मिति : २०८१ वैशाख २७ गते बिहीबार
Translate »