

सुर्खेत । रुकुम पश्चिमको आठविसकोटको छेपारेमा ट्¥याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
जाजरकोट–डोल्पा सडकखण्डमा आठविसकोटदेखि रिम्ना तर्फ जाँदै गरेको भे २ त–१६६८ नंम्वरको ट्रयाक्टर आठविसकोट नगरपालिका-१४, छेपारेमा आज दिउँसो दुर्घटना हुँदा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा रुकुम पश्चिमका आठविसकोट नगरपालिका–१४ निवासी ट्¥याक्टर चालक २२ वर्षिय विकास खड्का र सोही ठाउँका १८ वर्षिय हरि आचार्य रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले जनाएको छ ।
दुर्घटनामा घाईते रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१४ का २० वर्षिय चिन्ताराम शर्मा, सोही ठाउँका १८ वर्षिय विकास पोख्रेल र सानीभेरी गाउँपालिका–४, का १६ वर्षिय निशान वुढाका मिसन अस्पताल, चौरजहारीमा उपचार भईरहेको प्रहरीको भनाई छ ।
तीव्रगतिका कारण ट्¥याक्टर सडकदेखि २००मिटर तल भेरी नदीमा खसेको प्रहरीको प्रारम्भिक अनुमान छ ।










