२०८३ कात्तिक २२ , शनिबार
Sky News Nepal
November 7, 2026

सह–योग शिक्षक तालिमका सहभागिहरुलाई प्रमाणपत्र वितरण



सुर्खेत । वीरेन्द्रनगरमा सञ्चालित ३६ दिवसीय सह–योग शिक्षक तालिमका सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।

पतंजली योग समिति नेपालद्वारा सञ्चालित पतंजली योग जिल्ला समिति, जिल्ला महिला समिति र वीरेन्द्रनगर समितिको अभिभावकत्व तथा ईगरव्रीज योग साधना केन्द्रको आयोजनामा आज एक कार्यक्रमका वीच सह–योग शिक्षक तालिमका सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको हो ।

ईगरव्रीज योग साधना केन्द्रका प्रमुख कृष्णा न्यौपाने भुसाल, पतंजली योग समिति नेपालका आजिवन सदस्य तथा सल्लाहकार हेमप्रकाश भुसाल, पतंजली योग समिति नेपाल कर्णाली प्रदेश संगठन मन्त्री नरेश्वर अधिकारी, पतंजली योग समिति नेपाल सुर्खेतका अध्यक्ष शेरबहादुर खड्का, पतंजली योग समिति नेपाल सुर्खेत महिलाका प्रभारी गीता ओली, वीरेन्द्रनगर नगरका नगर प्रभारी रेशमबहादुर भण्डारीले सह–योग शिक्षक तालिमका सहभागिहरुलाई प्रमाणपत्र वितरण गरेका हुन् ।

१८ मार्चदेखि २४ अप्रिल सम्म सञ्चालित सह–योग शिक्षक तालिममा ८० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । सहभागिका तर्फबाट रिमा कँडेलले नियमित योग, ध्यान र साधनाले हरेक साधकको तन, मन र वचनलाई शुद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्ने गरेको बताईन् ।

प्रमाणपत्र वितरण कार्यक्रममा पतंजली योग समिति नेपालका विभिन्न पदाधिकारी, सदस्यलगायत विभिन्न साधना केन्द्रका दिव्य योगानुरागीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८१ जेठ १९ गते शनिबार
Translate »