

अछाम । अछामको पञ्चदेवल नगरपालिका वडा नं ९ कालेकाँडा र दैलेखको आठवीस नगरपालिका वडा नं ४ खिड्कीजिउला जोड्ने पुल चुँडिएपछि आवतजावत अवरुद्ध भएको छ ।

पुलको लठ्ठा चुँडिएपछि ढुवानीको सामान बोकेका १५ वटा खच्चर पुलमा च्यापिएका छन् भने आवत जावत पनि पूर्ण रुपमा ठप्प भएको स्थानीय भरत साउदले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय दैलेखले फसेका खच्चरहरूको छिट्टै उद्दार गरिने जनाएको छ । रेडियो नेपाल
प्रकाशित मिति : २०८१ जेठ २७ गते आइतबार










