टिप्परको ठक्करबाट एकको मृत्यु , स्थानीयद्वारा टिप्परमा आगजनी

बाँके । टिप्परको ठक्करबाट बाँकेको राप्ती सोनारी गाउँपालिकाको ढकेरीमा एक जनाको ज्यान गएको छ ।

कोहलपुर देखि शम्शेरगज जाँदै गरेको भे १ ख ३०१९ नम्बरको टिप्परले विपरीत दिशाबाट आइरहेको भे १० प १४१३ को मोटरसाइकललाई ठक्कर दिँदा गएराती राप्तीसोनारी ८ का लोकेन्द्र बिष्टको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना पछि आक्रोशित बनेका स्थानीयले ठक्कर दिने टिप्परमा आगजनी गरेका छन् ।

यस्तै स्थानीयले ठक्कर दिने टिप्परका चालकलाई कारबाही र मृतकको परिवारलाई उचित क्षेतीपुर्तीको माग गर्दै शवलाई सडकमा राखेर अवरुद्ध गरेका छन् ।

Translate »