२०८३ कात्तिक २२ , शनिबार
Sky News Nepal
November 7, 2026

बर्दियामा चट्याङ्ग लागेर एक जनाकाे मृत्यु



बर्दिया । बर्दियामा चट्याङ्ग लागेर एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा गेरुवा गाउँपालिका वडा नं(३ गणेशपुर बस्ने २६ वर्षीय रोहित थारू रहेका छन् ।

मृतक थारू धान रोप्नका लागि खेत जोतिरहेको अवस्थामा पानी परेपछि सिमलको रुख मुनी ओत लागेका थिए । सोही समयमा उनी माथी चट्याङ्ग परेको थियो । चट्याङ्ग लागेर घाइते भएका उनलाई तत्काल आफन्तले एम्बुलेन्स बोलाएर राजापुर प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याएका थिए । अस्पताल पुर्याएको केही समय मै डाक्टरले थारूलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक राजेन्द्र बहादुर केसीले बताए।

उनका अनुसार बिहान करिब ७ः३० बजे सिमलका रुखमुनि बसेका थारूलाई एक्कासी चट्याङ्ग लागेर बायाँ तर्फका कपडा र शरीर जलेको पाइएको बताए ।

चट्याङ्ग लाग्दा उनका बुवा र काका खेतमा सँगै काम गरिरहेका थिए । मृतकको शव पोस्टमार्टम गरी आफन्तलाई बुझाउने तयारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असार ११ गते सोमबार
Translate »