एकैदिन तोलामा ३ हजार रुपैयाँ बढ्दा सुनको मूल्यमा कीर्तिमान, तोलाको कति पुग्यो भाउ ?


काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार (आज) सुनको मूल्य तोलाको १ लाख ५२ हजार ६०० रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च हो । यसअघि गत साउन २९ सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । उक्त दिन सुन तोलाको १ लाख ५० हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।

गत शनिवार भने सुन १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसआधारमा सुनको भाउ तोलामा ३ हजार रुपैयाँ बढेको छ ।
आज चाँदीको भाउ तोलामा ५० रुपैयाँ बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलको १ हजार ८१० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजार ७६० रुपैयाँ कायम थियो ।

